संसदीय सुनुवाइ समितिकोे बैठक स्थगित

१४ फागुन ७५, काठमाडौं । संसदीय सुनुवाइ समितिकोे बैठक मंगलबार पनि स्थगित भएको छ ।

संसद सचिवालय सिंहदरबारमा दिउँसो २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाइका लागि बोलाइएको समितिको आइतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

मंगलबार बोलाइएको बैठकमा पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सबै सांसद उपस्थित हुन सोमबार ह्वीप जारी गरेपनि सांसदहरु सुमन प्याकुरेल र शिवकुमार मण्डल अनुपस्थित थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले भने संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गरेका छन् ।

१५ सदस्यीय सुनुवाई समितिको मंगलवारको बैठकमा जम्मा ७ जना सांसद उपस्थित थिए । नेकपाका मात्रै ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १/१जना सांसद सदस्य रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत