पूर्वउपप्रधान तथा अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक

१७ फागुन ०७५, काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

गत माघ २४ गतेदेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका अधिकारीको स्वास्थ्य अवस्था अझ बिग्रिएको उनका स्वकीय सचिव महेश विष्टले जानकारी दिए ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन दिनअघिसम्म होसमा रहेका अधिकारीलाई बिहीबारदेखि भेन्टीलेटरमा राखिएको छ ।

अधिकारीको उपचारमा वरिष्ठ चिकित्सकहरु भगवान काइराला, अर्जुन कार्की, राजु पंगेनी, मानबहादुर केसी र मुकुन्द शर्मा संलग्न छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत