सप्तरीमा ‘मेरो पहिलो बच्चा’ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

१९ फागुन ०७५, सप्तरी । समुन्नती कार्यक्रम अन्र्तगत ‘मेरो पहिलो बच्चा’ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित पब्लिक माध्यमिक बिद्यालय  लौनिया, तिलाठीमा आयोजित प्रशिक्षण कार्यक्रममा वडा नं. १ र २ का २० जना अनमी, महिला स्वयमसेविकाहरुलाई सहभागी गराई प्रशिक्षण दिइएको थियो ।

सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा कसरी बच्चा जन्माउने, जन्मिएका बच्चा कसरी सुरक्षित राख्ने, बच्चा जन्मिएपछि सुत्केरी आमालाई के खानपान दिने र प्रजन्न सम्बन्धि जानकारी दिइएको थियो ।

प्रशिक्षण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं. १ र २ वडाका वडा अध्यक्ष तथा सम्पुर्ण पदाधिकारी तथा स्वास्थ्य इन्चार्ज र आमा समुहका महिला लगायत सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत