अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित

२१ फागुन ०७५, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । शोक प्रस्ताव पारित गर्दै संसदको दुबै सदनले एक मिनेट मौनधारण पनि गरेको थियो ।

अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा,२०६३ सालको पुर्नस्थापित प्रतिनिधिसभामा मोरङ जिल्लाबाट निर्वाचित भएका थिए, भने २०७० सालको संविधानसभामा समानुपातिक सदस्य थिए ।

उनको ८३ बर्षको उमेरमा फागुन १८ गते शनिबार ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत