प्रतिनिधिसभाबाट दुई विधेयक पारित

२९ फागुन ०७५, काठमाडौं । प्रतिनिधिसभाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ पारित गरेको छ ।

बुधवार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको हो ।

प्रधानमन्त्रीकातर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अर्थ समिति तथा प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, राज्य व्यवस्था तथा सुशासन समितिकोतर्फबाट प्रतिवेदनसहित सदनमा पेश गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत