२० चैत ०७५, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नतिको काम औपचारिक रुपमा सुरु भएको छ ।
पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले बुधबारबाट धावनमार्ग स्तरोन्नतिको काम औपचारिक रुपमा पूजाआजा गरी शिलान्यास गरेका हुन् ।
सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो ।
धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुनेछ ।