२१ चैत ०७५, काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।
बिहीबार साँझ सकिएको मतगणनामा वामपन्थी उम्मेदवार चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले भन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।
अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् ।