प्रदेश २ सरकारले चैत ३० गते शोक मनाउने

२४ चैत ०७५, जनकपुर । प्रदेश २ सरकारले विनाशकारी हुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोक घोषणा गर्न गरेको आग्रहलाई संघीय सरकारले अस्वीकार गरेपछि प्रदेश सरकारले मृतकहरुको १३ औं दिनको पुण्य तिथिमा चैत ३० गते शोक मनाउने निर्णय गरेको हो ।

चैत ३० मा प्रदेश सरकारले बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्ने आह्वान गरेको छ । बैठकले मृतक परिवारलाई किरिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

१८ चैतमा आएको विनाशकारी हुरीका कारण बारा र पर्सामा २८ जनाको ज्यान गुमाएका थिए भने सयौं प्रभावित भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत