प्रेस स्वतन्त्रता श्रम शोषण गर्नेहरुले सिकाउन आवश्यक छैन् – सञ्चारमन्त्री

२७ चैत ०७५, काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले श्रमको शोषण गर्नेहरुसँग आफूले सम्झौता नगर्ने बताएका छन् ।

सञ्चारमन्त्री बास्कोटाले मंगलबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको ‘पत्रकारितामा श्रमको सवाल’ विषयक अन्तरक्रियामा यस्तो बताएका हुन् ।

उनले पत्रकारलाई कानून बमोजिम पारिश्रमिक दिनुपर्छ भन्दा कतिपय सञ्चार उद्यमी आफ्नो राजीनामा माग्ने तहमा ओर्लिएको भन्दै आम पत्रकार र पत्रकार महासंघलाई कित्ता स्पष्ट पार्न आग्रह समेत गरे ।

कानून बमोजिम पारिश्रमिक देऊ भनेर सरकारले सम्झाउँदा प्रेस स्वतन्त्रता हनन नहुने बताउँदैै उनले भने, ‘मन्त्रिपरिषदले गरेको निर्णय कार्यन्वयन गराउन म दृढ छु, राजीनामा कसैले मागेर हुँदैन ।’

मन्त्री बास्कोटाले आफूले २५ वर्ष सक्रिय पत्रकारिता गरेको स्मरण गर्दै प्रेस स्वतन्त्रताको पाठ श्रम शोषण गर्नेहरुले सिकाउन आवश्यक नरहेको पनि बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत