सरकारले सुरु ग¥यो ‘खोलौं बैंक खाता’ अभियान

१ बैशाख ०७६ काठमाडौं । सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिनबाट देशैभर ‘खोलौं बैंक खाता’ अभियानमा सुरु गरेको छ ।

अभियानको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ काठमाडौंको राष्ट्रियसभा गृहबाट गरेका हुन् ।

वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता समृद्ध नेपाल सुखी नेपालीको आधार स्तम्भ भएको र यसको पहिलो खुड्किलो बैंक खाता हो भन्ने निष्कर्षसहित सरकारले बैंक खाता खोल्ने अभियान सुरु गरेको हो ।

बैंक खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन । बरु आफूले खोलेको खातामा वाणिज्य बैंकहरुले नै सामाजिक उत्तरदायित्व अन्तर्गत एक सय रुपैयाँ जम्मा गरिदिने छन् ।

नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमति पत्र वा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्र वा अन्य कागजातबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत