निजी आवास पुनर्निमाणको काम ८० प्रतिशत सम्पन्न-प्राधिकरण

१० बैशाख ०७६, काठमाडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले निजी आवास पुनर्निमाणको काम ८० प्रतिशत सकिएको बताएको छ ।

मंगलबार सिंहदरबारमा भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण र पुर्नस्थापनाका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त जानकारी गराएका हुन् ।

प्रमुख ज्ञवालीले निजी आवासको पुनर्निर्माणलाई सबैभन्दा केन्द्र विन्दुमा राखेर काम गरेकाले निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धि हासिल गरेका बताए ।

उनका अनुसार तथ्यांकमा अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घर परिवारमध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा रहेको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्प र त्यस पछिका पराकम्पहरुले क्षति पु¥याएका निजी निवासलाई प्राथमिकता दिए पनि शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानीजस्ता संरचनाहरुको पुनर्निर्माण चलिरहेको उनले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत