चापागाउँ -ठेचो सडक खण्ड अवरुद्ध

२९ बैशाख ०७६, काठमाडौं । धूलो, हिलो खाल्डाखुल्डीको हैरानीबाट मुक्तिको माग गर्दै ललितपुरस्थित चापागाउँवासीले सडक अवरुद्ध गरेका छन् ।

बाटो विस्तारका लागि सडक भत्काएर छाडेका कारण धूला, हिलो र खाल्डाखुल्डीले वातावरण दूषित बनाएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएर चापागाउँ ठेचो सडक खण्डमा गाडी चलाउन समेत रोक लगाएका हुन् ।

ठेचो र चापागाउँका बजार क्षेत्रका पसलसमेत बन्द गरिएको छ । अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई चल्न दिइएको छैन ।

स्थानीयले शुक्रबार र शनिबार २ दिन बिहान ८ बजेदेखि १० बजेसम्म सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए । तर आज भने साँझ ५ बजेसम्म सडक बन्द गरिने स्थानीयले जनाएका छन् ।

२०७२ सालमा नै सडक विस्तार गरी कालोपत्रे गर्न प्रक्रिया अगाडि बढाइएको भए पनि अहिलेसम्म ५ प्रतिशत मात्रै काम भएको स्थानीयको भनाई छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत