कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु, एक बेपत्ता

२ जेठ ०७६, काठमाडौं । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ ।

कञ्चनजङ्घा हिमाल आरोहण गरेर फर्किदै गरेका दुई भारतीय आरोहीको बुधबार साँझ मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेका छन् भने चिलीका रोडरिगो भिभ्यान्को हराइरहेका पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।

उनीहरु सबै पीक प्रमोशन प्रालि मार्फत् कञ्चनजङ्घा आरोहणका लागि गएको थिए । पीक प्रमोशनका अनुसार, कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो ।

शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भएको कम्पनीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत