उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

६ जेठ ०७६, काठमाडौं । काठमाडौं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ ।

महानगरीय ट्रफिक प्रहरी महाशाखाले उपत्यकका चक्रपथ र ठूला सवारी गुड्न योग्य सडकबाट टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउने तयारी गरेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरीका प्रवक्ता बसन्त पन्तले सानो इन्जिन क्षमताका गाडी सुस्त गतिमा गुड्ने र अन्य सवारीको आगमनमा असर पु¥याउने भएकाले तीन पांग्रे र साना सवारीे यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा एक वर्षभित्र हटाउने तयारी गरिएको जानका जानकारी दिए ।

यस्ता सवारी हटाउन ट्राफिकले यातायात व्यवस्था विभाग, महानगरपालिका र नगरपालिका प्रतिनिधिसँग छलफल रआवश्यक नीति व्यवस्थापन गर्नेतर्फ विभागले काम गरिरहेको छ ।

हाल उपत्यकामा ६ हजार तीन सय ३० वटा टेम्पो र माइक्रोबस सञ्चालनमा छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत