भ्रष्टाचार कसुरमा प्रमुख सेनानी बर्खास्त : ३ महिना जेल चलान

११ जेठ ०७६, काठमाडौं । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले प्रमुख सेनानी केशवराज कार्कीलाई भ्रष्टाचारमा कसुरमा सेवाबाट बर्खास्त गरेको छ ।

जंगी अड्डा स्रोतकाअनुसार प्रमुख सेनानी कार्कीले राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको ५० लाख रुपैयाँ भ्रष्टाचार गरेको सैनिक अदालतले ठहर गरेपछि उनलाई बर्खास्त गरी शुक्रबार राती नै जेल चलान गरिएको छ ।

बैशाख २ गते उदयपुरस्थित कालीसिद्धी गणको प्रमुख कार्कीविरुद्व राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको बजेटमा घोटला भएको उजुरी प्राप्त भएपछि त्यसबारे कोर्ट अफ इन्क्वारी बोर्डले छानबिन गरेको थियो ।

जेठ ३ गते सुनुवाई सकिए पनि अदालतले पेस गरेको निर्णय शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि कार्कीलाई सेवाबाट बर्खास्त गरेर, अनियमितता भएको ४९ लाख रुपैयाँ उनैसँग असुलउपर गर्ने गरी ३ महिना कैद सजाय सुनाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत