भारतले कोशी नदीमा पानी छाड्दा सप्तरी- गोवरगाढा डुवानमा

१२ जेठ ०७६, काठमाडौं । भारतले पूर्व सूचना नदिइ कोशी नदीका पानी छाड्दा सप्तरीका गोवरगाढाका बासिन्दा डुवानमा परेका छन् ।

भारतले केही बर्षअघिदेखि एकतर्फी रुपमा कोशी व्यारेजको २८ नम्बर ढोका अगाडिबाट खन्न शुरु गरेको पाइलट च्यानलमा पूर्व सूचना विना पानी छाडदा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोवरगाढाका सय बढी परिवार डुवानमा परेका हुन् ।

डुवानमा परेका करिव सय बढी परिवारका करिव ३ सय जना गोवरगाढाको थुम्कोमा आश्रय लिइरहेका हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साहले जानकारी दिए ।

छाडिएको पानीका कारण गाउँ जान र बाहिर निस्किन प्रयोग गरिने केही डुंगा बगाएकाले गाउँ जान र आउन समस्या भएकोले नगरपालिकाले केही डुङ्गा पठाउने तयारी गरिएको मेयर साहले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत