तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा

१४ जेठ ०७६, काठमाडौं । २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा आएको छ ।

मंगलबार बिहान नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन ४ वटा खाली कन्टेनर खासा प्रवेश गराएपछि तातोपानी नाका अनौपचारिक रुपमा खुलेको हो । ती कन्टेनर बुधबार काठमाण्डौ आइपुग्ने जनाइएको छ ।

अहिले नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर गएका हुन् ।

तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर कामलाई थालनी गरिएको सीमाका जनप्रतिनिधिले बताएका छन् । नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ ।

२०७२ मा गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत