तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राही मर्कामा

२२ जेठ ०७६, सप्तरी । प्राथमिक स्वास्थ केन्द्र तोपामा चिकित्सक नियमित नआउँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका वडा नम्वर ८ स्थित तोपाको प्राथमिक स्वास्थ केन्द्रमा नियमित चिकित्सक नआउदाँ बिरामीहरू उपचार गराउनबाट  बञ्चित हुनका साथै मर्कामा परेका हुन् ।

फोटोः देवराम यादव ।

सो प्राथमिक स्वास्थ केन्द्रमा ४ जना मेडिकल अधिकृत सहित ३ जना सिनियर अहेव, १ जना सिनियर अनमी गरी ११ जना स्वास्थकर्मिहरूको दरबन्दी रहे पनि हाल ४ जना चिकित्सक नियमित नआउदा बिरामीहरू उपचार गराउन बाहिर जानुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो पोखेका छन् ।

स्वास्थ केन्द्रका ईन्चार्ज डा. सरोज यादव विगत डेढ महिनादेखि बिदामा बसेका छन भने अर्का करारमा रहेका मेडिकल अधिकृत डा. प्रकाश कुमार सिंह पाँच दिनदेखि अनुपस्थित छन् ।

यस्तै, अर्का डा. सुभाष कुमार मण्डल गजेन्द्र नारायण सिंह अस्पतालबाट काज सरूवा भएको तथा डा. सुषान्त यादव पनि २२ दिनदेखि अनुपस्थित रहेको स्वास्थ्य केन्द्रको हाजिरी रजिष्टरबाट स्पष्ट देखिन्छ ।

चिकित्सकहरू नियमित स्वास्थ्यचौकी नआउदा बिरामीहरूलाई उपचार गर्न समस्या हुने गरेको स्वास्थ केन्द्रका सि. अहेव बालकुमार साहले गुनासो गर्दै भने–‘स्वास्थ केन्द्रका ईन्चार्ज डा सरोज यादव डेढ महिनादेखि घर बिदामा छन भने नि. ईन्चार्ज पाएका डा. प्रकाश सिँह पनि बिदामा रहेको कुरा प्राथमिक स्वास्थ केन्द्रलाई जानकारी छैन् ।’

नियमित चिकित्सकहरू स्वास्थ चौकीमा नआउदा दैनिक रूपमा ३० देखि ४५ जना बिरामीहरु निरास भएर घर फर्कनु परेको कजौलीका स्थानियवासी हरिबंश यादवले गुनासो गरेका छन ।

तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष तथा प्राथमिक स्वास्थ केन्द्र तोपाका संरक्षक सतिशकुमार सिंहले नियमित नआउने चिकित्सकलाई स्पष्टिकरण लिई कार्यवाही गर्ने चेतावनी दिए ।

यता सो बारेमा तिलाठी कोईलाडी गाँउपालिका वडा ८ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ केन्द्रका अध्यक्ष लक्ष्मी मण्डललाई यस बारेमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेन ।

त्यस्तै सो सम्बन्धमा जनस्वास्थ कार्यालयका नि.प्रमुख निरन्जन यादवसँग कुरा गर्दा सम्पुर्ण स्वास्थ केन्द्र र स्वास्थ चौकीहरूको रेखदेख र अनुगमन गर्ने सम्पुर्ण अधिकार स्थानिय तहलाई भएकोले हामीलाई कुनै जिम्मेवारी नभएको बताए ।

फोटोः देवराम यादव ।

६९ छात्रालाई साईकल वितरण

सप्तरीको पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका ६९ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

प्रदेश २ का भूमी व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साले आफ्नो निर्वाचन क्षेत्र विकासीय कोष अन्तर्गत उक्त विद्यालयका ६९ छात्रा र २ विद्यालयलाई जम्मा ७१ वटा साईकल वितरण गरेका बताए ।

मन्त्री साहले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेकोले कक्षा ८ बाट उत्तिर्ण गरी कक्षा ९ मा अध्ययनरत ६९ जना छात्रालाई साईकल वितरण गरिएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत