देवराम यादव/ २३ जेठ ०७६, सप्तरी । महादेवा गाउँपालिका ५स्थित रहेको स्वास्थ चौकी भगवतपुरमा कर्मचारी कार्यालयमा नआउँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
महादेवा गाउँपालिका ५ दुर्गापुरका गर्भवति महिला पुनिता देवी मण्डल, जिन्ता देवी मण्डल, नेहा देवी मण्डल स्वास्थ चौकी भगवतपुरमा विहीवार १२ वजेसम्म कर्मचारीलाइ पर्खिदा नआए पछि सेवा नलिइ फर्कनु परेको गुनासो पोखिन् ।
स्वास्थ चौकी भगवतपुरका प्रमुख शकुन्तला देवी मण्डलले बिहीवार इद उल फित्र पर्वको विदा भनेर नआएको सवीकार्नु गरिन् । स्वास्थ चौकीमा प्रमुख शकुन्तला देवी मण्डल, उप नारायण यादव, निरुता केसी, बुधसेन दास लगायत रहेका छन् ।
स्थानिय सेवाग्राहीका अनुसार कर्मचारी नियमित नआउदाँ बिरामीहरू उपचार गराउन बाहिर जानुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो पोखेका छन् ।
महादेवा गाउँपालिका ५ स्थित रहेको स्वास्थ चौकी भगवतपुर उपप्रधानमन्त्रि तथा स्वास्थ्य मन्त्रि माननिय उपेन्द्र यादवको पुख्यौँली गाउँ समेतमा कर्मचारी नियमित नआउदाँ बिरामीहरू उपचार गराउन बाहिर जानुपर्ने बाध्यता रहेको छ ।
महादेवा गाउँपालिका ५ भगवतपुरका राजाराम मण्डल, शिवशंकर मण्डलका अनुसार कर्मचारी नियमित नआउदाँ बिरामीहरू उपचार गराउन बाहिर लानु पर्ने बाध्यता रहेको बताए ।