चट्याङ लागेर एक जनाको मृत्यु, ३ घाइते

२९ जेठ ०७६, काठमाडौं । डडेल्धुरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

बुधबार बिहान करिव ७ बजेतिर घरमै बसिरको बेला परेको चट्याङ लागेर परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाटको मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मृतककी १५ वर्षीया दिदी मीना भाट, ४० वर्षीय भरत विष्ट र ५० वर्षीय महादेव भट्ट छन् । सङ्गीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत