युरोप घुमेर स्वदेश फर्किए प्रधानमन्त्री

१ असार ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने युरोप भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भ्रमण अत्यन्तै फलदायी रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत