३ असार ०७६, काठमाडौं । बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा सोमबार राति मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।
मृतक तामाङका आफन्तले अस्पतालमा तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।