४ असार ०७६, काठमाडौं । गुठी विधेयक खारेजीको माग गर्दै गुठी समर्थकहरूले जनप्रदर्शन गरेका छन् ।
सरोकारवालासँगको छलफल बिना नै ल्याइएको विधेयकको चौतर्फी विरोध भएपछि हिजो मंगलबार भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले फिर्ता लिएको घोषणा गरेकी थिइन् ।
तर आज गुठी समर्थकहरूले सरकारले विधेयक फिर्ता लिए पनि अघि बढाउन सक्ने भन्दै खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
गुठी समर्थकहरू राजधानीको विभिन्न स्थानबाट जुलुससहित नारावाजी गर्दै माइतीघर मण्डलामा पुगेर बिशाल विरोध जनप्रदर्शन गरिरहेका छन् ।
‘गुठी विधेयक खारेज’, ‘सम्पदा मास्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका उक्त जुलुस खबरदारी सभामा बदलिएको छ ।