१० असार ०७६, नुवाकोट । विदुर नगरपालिका मेयर सन्जु पण्डितको घरको राखेको बम निष्क्रिय पारिएको छ ।
विदुर–९ कोलनी विजुलास्थित मेयर पण्डितको घरको कम्पाउण्डमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको जबरजंग गणको डिस्पोजल टोलीले मंगलबार बिहान निष्क्रिय गरेको हो ।
सोमबार राति १२ बजे कम्पाउण्ड पर्खालमा पड्काउन बम राखेको र ७० मिटर टाढा बिजुलीको मेन लाइनमा तार जोड्न तयारी भएको अवस्थामा प्रहरीले देखेपछि उक्त व्यक्ति भागेपछि बम पड्किन नपाएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।
मेयर पण्डितले आफूहरु सुतिरहको बेला बम राखेको र प्रहरी आएर बम राखेको बताएपछि मात्र आफूहरुलाई थाहा भएको बताए ।