पसल अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री भटियो

११ असार ०७६, सप्तरी । राजबिराजस्थित विभिन्न पसलहरुमा अनुगमन गर्दा मूल्य सूचि नराखेको र म्याद गुज्ररेको सामग्रीहरू फेला परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय राजबिराजका प्रमुख सन्तोष कुमार साहको अगुवाईमा बजार अनुगमन गर्ने क्रममा पसलहरूमा मूल्य सूचि नराखिएका र म्याद गुज्ररेको सामग्रीहरू फेला परेको हो ।

अनुगमनकै क्रममा हटियास्थित नागमणी किराना पसलमा म्याद गुज्रेका परमात्मा तेल ५ लिटर, पहलमान तेल अनुमानित १० लिटर उल्लेखित सामानहरू नष्ट गरिएको अनुगमन टोलीका सदस्य सुरेश कुमार सिंहले जानकारी दिए । त्यसै गरी राजदेबी किराना पसल र प्रेम किराना पसलमा म्याद गुज्रेएका लेवल नभएका सामग्री भए बिक्री बितरण नगर्न निर्देशन दिइएको उनले बताए ।

यसैगरी राजबिराजको गोबर्धन किराना र गंगा किराना पसलको सरसफाई गरी खाद्यान्य सामग्री मिलाई ब्यबस्थित तरिकाले राख्ने र साईन वोर्ड र मूल्य सुचीलाई नियमित राख्ने निर्देशन दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख साहले बताए ।

सो अनुगमनमा उद्योग बाणिज्य संघका उपाध्यक्ष गौरीशंकर साह, उपभोक्ता हकहित मञ्चका अध्यक्ष राजकुमार गुप्ता, न्यायिक उपभोक्ता मञ्चका रामकुमार यादव, पत्रकार चन्दन यादव, बैद्यनाथ झा, सञ्जीव बिक्रम साह लगायतको सहभागिता रहेको थियो ।

दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग

सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहा कट्टी टोलका दृष्टिबिहीन शम्भु मण्डलको परिवारलाई हेल्प मेधशी साउदी अरबले खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको छ ।

मण्डलसहित उहाँका पत्नी सुकमारी देवी, भाई शिवनारायण मण्डल, लक्ष्मण मण्डल र भाई बुहारी गितादेवी मण्डल तथा जयकलादेवी मण्डल सबै दृष्टिबिहीन रहेको सामाचार विभिन्न संचारमाध्यम मार्फत थाहा पाएपछि सहयोग गर्न उनकै घरमा पुगी पुगि खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको हेल्प मधेशी साउदी अरब शाखाका अध्यक्ष कमलदेव साहले बताए ।

दृष्टिबिहीन परिवारलाई नगद ६ हजारका साथै चामल, दाल, तेल, नुन, च्युरा, मुरहीलगायतका खाद्यान्न सामाग्रि प्रदान गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत