धान दिवसको मूल कार्यक्रम बर्दियामा गरिने

११ असार ०७६, काठमाडौं । सरकारले यस बर्षको धान दिवस अर्थात् रोपाईको मूल कार्यक्रम बर्दियामा गर्ने भएको छ ।

कृषि विभाग अन्तर्गत गठित १६औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरी यस बर्षको धान दिवस बर्दियाको राजापुर नगरपालिका ८ धोविनीपुरमा गर्न लागिएको जानकारी गराएको हो ।

यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ तय गरिएको छ ।

समितिले चालु आर्थिक बर्ष २०७५/७६ मा धानको उत्पादन अहिलेसम्म कै उच्च भएको जानकारी गराएको छ ।

अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको महाशाखाका निमित्त महानिर्देशक डा. रेवतीरमण पौडेलले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत