विषादी परीक्षणको निर्णय कसैको पत्र वा दबाबमा फिर्ता लिएको होइन – आपूर्तिमन्त्री मात्रिका

२३ असार ०७६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले सचिवहरुले आफूलाई डुबाएको आरोप लगाउँदै भने ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे’ स्पष्ट पार्दै थपे– ‘प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबाबमा निर्णय फिर्ता लिएको होइन । सचिवहरुको भर पर्दा म डुबेँ ।’

निर्णय गर्ने बेलामा सचिवहरुले विषादी परीक्षणबारे नेपालको क्षमताबारे भन्दै नभनेको बताउँदै भने– ‘अरु सचिवले थाहा पाएनन् तर प्रधानमन्त्री कार्यालयका सचिवले यो कुरा बुझ्नुप¥थ्यो ।’

मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै सबै जिम्मा आफैं लिने बताए । ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभई निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु । पूर्वाधार बनाएपछि विषादी परीक्षण सुरु हुन्छ’ उनले भने ।

मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी माग्दै भने– ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु । म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत