कांग्रेस र राजपाका सांसदद्वारा संसद अवरुद्ध

२४ असार ०७६ काठमाडौं । सर्लाही घटनालाई लिएर प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले संसद अवरुद्ध गरेका छन् ।

काँग्रेस र राजपका सांसदहरु संसद अवरुद्ध गर्दै ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री राम बहादुर थापाले सर्लाहीका तीन घटनाको जवाफ चित्त बुझ्दो नभएको भन्दै सासदहरुले संसद अवरुद्ध गरेका हुन् ।

गृहमन्त्री थापाले बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न क्रममा सर्लाहीको घटना भएको स्पष्ट पारेका थिए ।

तर गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन गर्दै संसद अवरुद्ध गरेका छन् ।

सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।

संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत