विषादी प्रकरणमा मलाई पनि झुक्याइयो -प्रधानमन्त्री

२६ असार ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्री  ओलीले सो कुरा बताएका हुन् ।

नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादीरहित हुनुपर्छ भन्ने उद्देश्यले सरकारले जाँच सुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट पार्दै भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनु परेको समेत बताए ।

‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा कुटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुप¥यो, यसप्रति म क्षमाप्रार्थी छु ।’ उनले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने समेत बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत