बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा

२९ असार ०७६, काठमाडौं । शनिबार दिउँसो ३ बजेदेखि बन्द भएको बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि पहिरोले अवरुद्ध भएको सडक आइतबार बिहान करिब साढे १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । एकतर्फी बाटो खुलेपछि सवारी साधनहरु पालैपालो गन्तव्यतर्फ जान थालेका छन् ।

ठूला ढुंगासहित खसेको पहिरोले बाटो अवरुद्ध हुँदा शनिबारदेखि सयौं सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

शनिबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले मोटरसाइकसहित बगाउँदा निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत