पोखरीमा डुबेर तीन किशोरीको मृत्यु

६ साउन ०७६, घोराही । दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा आइतबार साँझ ७ः४५ बजेतिर नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृता छन् ।

उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत