संसदमा विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

८ साउन ०७६, काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेसले दर्ता गराएको सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ ।

वर्षापछिको पहिरो र विपदका विषयमा बुधबार प्रतिनिधिसभामा छलफल समेत भएको छ ।

कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सबै राजनीतिक दलहरु एकैठाउँमा उभिनुपर्ने बताए ।

विपत्ति पूर्णरुपमा नटरेको, सरकार एक्लैले विपदका बेला काम गर्न नसक्ने भन्दै नेता रिजालले प्रदेश सरकार र स्थानीय सरकारको पनि साथ लिएर काम गर्न सुझाए ।

दुई तिहाइ बहुमतको सरकारले पनि विपदको समयमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी पहिरोको रोकथाममा सरकारले झारा टार्ने काम मात्रै गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत