१० साउन ०७६, काठमाडौं । ललितपुरको जावलाखेलस्थित तरकारी बजार हटाईएको छ ।
स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरु डोजर लगाएर शुक्रबार भत्काइएको हो ।
सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए । उनले भने –‘हामीले सात–आठ वर्ष पहिलेदेखि नै हटाउने प्रयास गर्दै आएका थियौं । उनीहरुलाई पसल छाड्न चेतावनी पनि दिएका थियौं र पछिल्लो समय तीन दिनको समय दिएर भत्कायौं ।’
ती पसलहरु करिब २० वर्ष अगाडिदेखि सञ्चालित थिए र, प्रत्येक पसलबाट जावलाखेल युथ क्लबले भाडा उठाउँदै आएको थियो ।