रामेछापको साँघुटार बजारमा आगलागी, १ पक्की घरसहित ३ झुप्रा जलेर नष्ट

९ साउन ०७६, काठमाडौं । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेका छन् । सिंहदेवी निर्माण सेवाको स्टोरबाट सुरु भएको आगोले अंकित श्रेष्ठ, राजन सुवेदी, नविन बुढाथोकी, अनिष थापा तथा कुमार थापाको घर र घरभित्र रहको सामान पनि जलेर नष्ट भएको हो ।

बिहीबार बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत