प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

२९ साउन ०७६, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको आकस्मिक निरीक्षण टोली (क्यूआरटी) भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

मंगलबार राति ११ः१० बजे काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले पहिचान नखुलेको व्यक्तिलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बुधबार बिहान मृत्यु भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होबिन्द्र बोगटीकाअनुसार उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पु¥याइएका घाइतेको बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको थियो ।

घटनास्थल वरपर बोराहरू रहेकाले त्यहीँ बस्ने ब्यक्ति हुनसक्ने भन्दै डीएसपी बोगटीले भने, ‘हामी पहिचान खुलाउने कोशिस गरिरहेका छौं ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत