पत्रकार आत्महत्या प्रकरण : तीनै जना रिहा

९ भदौ ०७६, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की रिहा भएका छन् ।

सोमबार चितवन जिल्ला अदालतले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पाँच लाख धरौटीमा, पत्रकार युवराज कँडेल तीन लाख धरौटीमा र कार्कीलाई तारेखमा रिहा गरेको हो । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो । उनीहरुलाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत