बुटवल मालपोतका खरिदार पाण्डे र लेखापढी पाण्डे घुससहित पक्राउ

१२ भदौ ०७६, काठमाडौ । मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे १ लाख २० हजार घुससहित पक्राउ परेका छन् ।

जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस ररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनीहरुलाइ उक्त रकमसहित बिहीबार पक्राउ गरेको हो ।

उनीहरुलाई मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत