यातायातका प्रमुखसहित तीन जना घुस लिदालिदै कार्यालय परिसरबाटै पक्राउ

१३ भदौ ०७६, काठमाडौं । यातायात ब्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुखसहित तीन जना सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका छन् ।

यातायात कार्यलय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत (सातौँ) भुवन जोशी र अधिकृत (छैठौँ) जयराज कारीगरलाई सेवाग्राहीसँग एक लाख छैसट्ठी हजार रुपैँया घुस लिदालिदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीको सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग लिएको रु. प्रन्ध हजार र स्रोत खुल्न नसकेको एक लाख ५१ हजार, एक सय रुपैँया समेत गरी जम्मा एक लाख, छैसट्ठी हजार ,एक सय रुपैयासहित कार्यालय परिसरबाटै बिहीबार नियन्त्रणमा लिइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत