कृषि मन्त्रीलाई डेंगुको संक्रमण, अस्पताल भर्ना

१९ भदौ ०७६, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि मन्त्री खनाल उपचारका लागि निदान हस्पिटल पुगेका थिए । डेंगु संक्रमणको आशंकामा अस्पतालले उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो ।

अत्याधिक मात्रामा ज्वरो आएपछि मन्त्री खनालको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु संक्रमण भएको पुष्टि भएको थियो ।

उनी थप उपचारका लागि बुधबार ग्रान्डी अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत