मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार गम्भीरताका साथ लागेको छ: गृहमन्त्री

२० भदौ ०७६, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार गम्भीरताका साथ लागेको बताएका छन् ।

शुक्रबार मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मानव बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागेको दावी गरेका हुन् ।

उनले नेपालको संविधानले सबै प्रकारका शोषण विरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गर्नुका साथै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानून निर्माण गरी अपराध नियन्त्रणका लागि राज्यका सबै निकाय परिचालन गरिएको बताए ।

त्यस्तै,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागि समाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन् ।

मन्त्री थापाले सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने गरी यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि स्पष्ट पारिन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत