नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई प्रचण्डको आव्हान

२१ भदौं ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।

शनिबार काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रममा प्रचण्डले राजनीतिक स्थायीत्व कायम भएसँगै लगानी मैत्री वातावरण बन्दै गएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आव्हान गरेका हुन् ।

उनले भने– ‘चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेको, नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्स्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौ ।’

अध्यक्ष प्रचण्डले एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहो¥याउँदै चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने दृढता व्यक्त गरे । उनले रोजगारीका अवसर सृजना र आर्थिक उन्नयनको नेपालको यात्रामा चिनियाँ पूँजी अपरिहार्य भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत