२७ भदौ ०७६, काठमाडौं । काठमाडौंको गोलढुंगामा गोली चलेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङलाई पक्राउ गर्ने क्रममा गोली हानेको हो ।
गुरुङ प्रहरीको नियन्त्रणबाट भाग्न लाग्दा प्रहरीले गोली चलाएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
धादिङ स्थायी घर भएका गुरुङ कर्तब्य ज्यान मुद्दामा मुछिएका आरोपी हुन् । गुरुङको दुबै खुट्टामा गोली लागेको छ ।