कृषक अवार्ड-२०७६ बाट सात प्रदेशका सात उत्कृष्ट कृषक सम्मानित

२९ भदौ ०७६, चितवन । ‘राष्ट्रिय शिखर कृषक अवार्ड २०७६’ बाट सातै प्रदेशका उत्कृष्ट सात जना कृषकहरुलाई सम्मान गरिएको छ ।

राजधानीमा आइतबार शिखर नेपालको आयोजनामा आयोजित एक कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरूलाई राष्ट्रिय शिखर कृषक अवार्ड र नगद १५/१५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका हुन् ।

उक्त अवार्डसहित नगदबाट प्रदेश १ बाट बिशाल राई, (विशाल कृषि फर्म, विर्तामोड), प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य (बाग्मती गोट फिड्स प्रा.लि.धार्के धादिङ्ग), प्रदेश ४ बाट घनश्याम तिमिल्सिना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), प्रदेश ६ बाट डिल्लीबहादुर नाथ (डाँफे भैसी पालन फर्म, रुकुम पश्चिम) र प्रदेश ७ बाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली) सम्मानित भए ।

सम्मानका लागि देशभरबाट क्रियाशील कृषकहरुको सङ्कलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन तथा मूल्याङ्कन गरी उत्कृष्ट कृषकको छनौट गरेको थियो ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले बास्तबिक किसानहरू छनोट गरी पुरस्कृत गर्ने परम्परा पहिलो पटक सुरु भएकोमा शिखर नेपाललाई धन्यवाद दिँदै कृषकहरूको पक्षमा राज्य गम्भीर रहेको बताइन् ।

‘शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान’ भन्ने नारासहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको समन्वय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंक्षी विभागको सक्रियतामा शिखर नेपालले सो कार्यक्रम आयोजना गरेको सो कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेत, नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष दिपक खाँड लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार लगायत अन्य दजनौं व्यक्तित्व पनि शिखर सम्मानबाट सम्मानित

उपप्रधानमन्त्री पोख्रेरलले उक्त सम्मान क्रार्यक्रममा शिखर सम्मान २०७६ बाट चितवनका क्रियाशील युवा पत्रकार नेपाल टेलिभिजन संवाददाता तथा सौराहा अनलाइन र नमस्ते बिहानी साप्ताहिकका प्रधानसम्पादक राजेन्द्र आचार्य, नागरिक साप्ताहिका फोटो पत्रकार तथा मेरो फिल्म डिजिटिल पत्रिकाका प्रधानसम्पादक श्रीधर पौडेल, भुवन चौहान, माया नेपाल, सरिता गौतम, कमल खत्री, अमृत मरहट्ठा, दिपा दाहाल, बबिता श्रेष्ठ र दिवाकर मान सिंह बस्न्यातलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।

यस्तै शिखर व्यक्तित्व सम्मान २०७६ बाट ऋषि न्यौवान, देवीलाल शर्मा, विश्वमणि घिमिरे, स्वयम्भू कृष्ण श्रेष्ठ, डा.वंशी शर्मा, माधव राज खरेल, मञ्जु खाँड, ऋतुराज सापकोटा, हरि भण्डारी र गणेश प्रसाद सुवेदी समानित भएका छन् ।

यसैगरी शिखर रनर अवार्ड २०७६ बाट भिष्मराज फलारा, निशु झा, गंगा ढकाल, सुनिता बस्नेत, ठण्ड बहादुर अधिकारी र सिद्धार्थ वनस्थली ईन्टिच्यूट सम्मानित भए भने शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट सुक बहादुर रोका, रमेश पौडेल, शान्तिप्रिय, डि.पी. आत्रेय, जीतु नेपाल सम्मानित भएका छन् ।

यस्तै शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट डा.सुशिल भट्ट (सदस्य–राष्ट्रिय योजना आयोग), शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६ बाट डा.योगेन्द्र कुमार कार्की (सचिव–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ३ ), शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६ बाट राम कुमारी चौधरी (राज्यमन्त्री–कृषि तथा पशुपंक्षी मन्त्रालय) र शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६ बाट महेश बस्नेत (पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य–भक्तपुर क्षेत्र नः २) सम्मानित भए ।

यसैगरी शिखर इन्करेज्मेन्ट कृषक अवार्डबाट अनन्त बहादुर खड्का, जनकल्याण सामाजिक विकास अनुसन्धान केन्द्र नेपाल, ललितपुर र शिखर कर्मशील कृषक अवार्डबाट सुकमाया तामाङ र चितवनकी लक्ष्मी राणा समनित भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत