पत्रकार महासंघका सचिवसहित ९ पत्रकार रेडियो परिसरबाटै पक्राउ

३० भदौ ०७६, काठमाडौं । रेडियो नेपालबाट निष्काशन गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै घेराउन गर्न पुगेको पत्रकारको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासिन गरिएका तीनजना पत्रकारको पुनर्बहालीको माग गर्दै सिंहदरबार गएका पत्रकारलाई प्रहरीले रेडियो परिसरबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महासंघका सचिव रामप्रसाद दाहाल, अजयबाबु शिवाकोटी, जन्मदेव जैसी, यम बिरही, मीन बम, दिलीप पौडेल, योगेन्द्र बलायर, पत्रकारहरु प्रकाश बम, चक्र कुवंर लगायत रहेका छन् ।

रेडियो नेपालले केही दिनअघि प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत काश बम, चक्र कुँवर र अर्का एक जनालाई निस्कासन गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत