१ असोज ०७६, काठमाडौं । नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षक सिद्धराज जोशी घुससहित पक्राउ परेका छन् ।
नापी सर्भेक्षक जोशीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले सेवाग्रहीसँग लिएको दशहजार रकमसहित पक्राउ गरेको हो ।
जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नाप जाँच गर्ने क्रममा सेवाग्राहीसँग फिल्ड खर्च मागेको उजुरीको आधारमा भक्तपुर नगरपालिका वडा नं. -९ स्थित लुम्बिनी तन्दुरी एण्ड भोजनालयबाट उनलाई घुससहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।