५ असोज ०७६, काठमाडौं । प्रहरीले नक्कली धितोमा ऋण लिएको अभियोगमा बैंकका सीईओसहित ११ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेका छन् ।
उनीहरुले खोलाभित्रको जग्गाको नक्कली लालपुर्जा लिएर देखाएर धितो राखी ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ ।