पत्रकार भरतबन्धु ‘दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार’बाट सम्मानित

११ असोज ०७६, काठमाडौं । पत्रकार भरतबन्धु थापा ‘दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।

नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रमा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले थापाले नगद १८ हजार ७ सय ५० रुपैयाँसहित सम्मान–पत्र प्रदान गरेका हुन् ।

थापाले विगत पन्ध्र वर्षदेखि तस्वीरको माध्यमद्वारा नेपालको पर्यटन क्षेत्रमा शब्द, चित्र तथा भिडियोबाट योगदान पु¥याएको भन्दै पर्वतारोहन संघले उनलाई नगदसहित सम्मान गरेको हो

थापाले वाईल्ड वेष्ट नेपाल र गन्तब्य कर्णाली फोटो किताव प्रकाशन गरिसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत