मुलुकलाई योगदान दिएका कम्पनीहरु पुरस्कृत

१० असोज ०७६, काठमाडौं । सरकारले पर्यटन व्यवसायमार्फत मुलुकलाई योगदान दिएका उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले विश्व पर्यटन दिवसको अवसर पारेर शुक्रबार पुरस्कार वितरण गरेका हुन् ।

सबैभन्दा बढी पर्यटक भित्राउने हवाई सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ । यस कम्पनीले ३ लाख ९९ हजार ३ सय ३६ जना पर्यटक स्वदेश भित्र्याएको थियो ।

सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको ट्राभल एजेन्सीका रुपमा फ्लाइट कनेक्सन डमेस्टिक प्रालिलाई पुरस्कृत गरिएको छ ।

यसैगरी कालिन्चोक दर्शन प्रालि, सोल्टी होटेल लिमिटेड, द बेकर क्याफे प्रालि, फिस्टेल लज पोखरा, बुद्ध एयर, नाम्जेथुम्की सामुदायिक होमस्टे धनकुटा, सेभेन समिट ट्रेक्स प्रालि लगायत पुरस्कृत भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत