सशस्त्रका हवल्दार सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ

१७ असोज ०७६, कैलाली । सशस्त्र प्रहरी बलका दुई जना सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले कैलालीको भजनी नगरपालिका–१ बाट सशस्त्र प्रहरी सहायक हवल्दार र जवानलाई पक्राउ गरेको हो ।

महेन्द्रनगरबाट खटिएको अख्तियारको टोलीले भजनीमा कार्यरत सहायक हवल्दार ज्ञान बहादुर चौधरी र जवान रतीराम चौधरीलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतले जानकारी दिए ।

भारतबाट आउने समानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ती हवल्दार र जवानले २० हजार रुपैयाँ घुस लिएको बस्नेतले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत