चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउँदै

२२ असोज ०७६, काठमाडा । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउँदै छन् ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे नेपाल र चीन दुबै देशका परराष्ट्र मन्त्रालयले बुधबार जानकारी दिएका हुन् ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् भने उनले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको दुई पक्षीय भेटवार्ता हुनेछ भने सोहीक्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने पनि बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी आइतबार फर्किने कार्यक्रम रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत